काठमाडौं । लायन्स कल्ब अफ काठमाडौं थलीले ट्राफिक प्रहरीलाई ४०० थान म्याजिक लाइट सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रमका बीच क्लबका अध्यक्ष रुपक सिमखडाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) नवराज अधिकारीलाई लाइट हस्तान्तरण गरेका हुन् ।
लायन्सले रातिको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरेको हो ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रकमा उपत्यकाका अधिकांश ट्राफिक बिटमा आगजनी हुँदा ट्राफिकका अत्यावश्यक उपकरणहरू जलेका थिए ।
उपत्यका ट्राफिक कार्यालयका प्रमुख अधिकारीले जेनजी आन्दोलनका कारण ट्राफिक कार्यालयका विभिन्न भवन र उपकरणसहित ट्राफिक प्रहरीका लुगा समेत जलेको बताए ।
अहिले नागरिक स्तरबाट पुनर्निर्माणका प्रक्रिया सुरू भएको र नयाँ ढङ्गले व्यवस्थापन गर्ने प्रयासमा जुटेको उनले बताए ।
उनले म्याजिक लाइटको प्रयोगले सवारी व्यवस्थापनमा नयाँ आशा थप्ने विश्वास गरे ।

