डोङफेङको प्राथमिकतामा नेपाल, भ्रमणमा आयो उच्चस्तरीय नेतृत्व

काठमाडौं । डोङफेङ मोटर इन्डस्ट्री इम्पोर्ट एन्ड एक्सपोर्ट कम्पनी लिमिटेड (डीएफएमआइईसी)का अध्यक्ष वाङ लङको नेतृत्वमा एक प्रतिनिधिमण्डल औपचारिक निरीक्षण र भ्रमणका लागि नेपाल आएको छ ।

उक्त टोली नेपालमा डोङफेङको बजार प्रदर्शन, संचालन संरचना, समग्र उपस्थितिको समीक्षा गर्नुका साथै स्थानीय साझेदार र ग्राहकसँगको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले भ्रमणमा आएके हो ।

प्रतिनिधिमण्डलमा (डीएफएमआइईसी)का अध्यक्ष वाङ लङ, स्ट्राटेजिक अपरेसन्स डिपार्टमेन्टका निर्देशक झाओ सियाओजीए, ह्युमन रिसोर्स डिपार्टमेन्टका निर्देशक चेन जियान तथा दक्षिण एसिया क्षेत्रका क्षेत्रीय प्रबन्धक हे जिक्सिन सहभागी छन् ।

डोङफेङ मोटरको नेपाली बजारप्रतिको चासो र दीर्घकालीन विकासको सम्भावनाका आधारमा यो भ्रमण तय भएको थियो।
टोलीले नेपालमा हाल भइरहेका बजार गतिविधिहरूको अवलोकन गर्नुका साथै पूर्वाधार र आफ्टर सेल्स सर्भिसको मूल्याङ्कन गर्दै भविष्यको विकास, विस्तार र तीव्र बजार पहुँचका अवसरहरूबारे अध्ययन गरेको थियो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालमा डोङफेङको हालसम्मको प्रदर्शनको समीक्षा गर्दै ग्राहक प्रतिक्रिया, बजारको ट्रेण्ड तथा सञ्चालन दक्षताबारे जानकारी लिएको थियो। साथै, विद्यमान फ्यासिलिटीहरूको मूल्याङ्कन गर्दै ब्राण्ड उपस्थितिलाई अझ सशक्त बनाउने, ग्राहक अनुभव सुधार गर्ने र नेपाली बजारका लागि उत्पादन रेन्ज विस्तार गर्ने रणनीतिहरूमाथि छलफल गरिएको थियो।

डोङफेङका प्रतिनिधिमण्डलले ग्राहकहरूलाई नामी गाडीहरू पनि हस्तान्तरण गरिका थिए । जुन यस ब्राण्डको लागि नेपालमा एक महत्वपूर्ण उपलब्धि हो। यस महत्त्वपूर्ण अवसरले डोङफेङ र नामीको भरपर्दो र भ्यालु बेस्ड मोबिलिटी सोलुसन्स प्रदान गर्ने तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ।

भविष्यको सहकार्य र बजार विकास सम्बन्धी सकारात्मक छलफलसँगै भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ ।


Back_to_top