बीवाइडीले एडासको विकासमा १४ अर्ब डलर लगानी गर्ने, सबै कारमा राख्ने

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले इन्टेलिजेन्ट ड्राइभिङ टेक्नलोजी विकासमा १४.३ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो ।

कम्पनीले एड्भान्स ड्राइभर असिस्ट टेक्नलोजीको विकासका लागि ५००० इन्जिनियरहरूको फोकस टिम बनाएको हो ।

बीवाइडीले अब एडास सिस्टमको विकासमा एआई इन्टेलिजेन्ट एजेन्ट प्लस वल्र्ड मोडल सोलुशनको प्रयोग गर्ने भएको हो । जहाँ सिस्टमलाई असामान्य त्रुटिहरू समाधान गर्न विभिन्न भर्चुअल माध्यम प्रयोग गरिने छ ।

बीवाइडीले अटोमोटिभ इन्टेलिजेन्सका मुख्य तत्वहरू असिस्ट ड्राइभिङ र इन्टेलिजेन्ट ककपिटलाई सँगसँगै विकास गर्ने संकेत दिएको छ । अब कार सवारीका साधनको रूपमा मात्र नभई इन्टरनेटको एरियामा पर्ने इन्टेलिजेन्ट इन्टिटिज भएको छ ।

बीवाइडीले सन् २०२५ जुलाइमा लेभल ४ अटोनोमस पार्किङ प्रविधि देखाएको थियो । कम्पनीको यो गड्स आई सिस्टम अन्तर्गतको सिस्टममा पार्किङ गर्ने क्रममा केही क्षति भएमा त्यसको पूरा जिम्मेवारी लिने समेत घोषणा गरेको थियो ।

त्यसपछि बीवाइडीले २५ लाख सवारीमा यो सिस्टम जडान गरिसकेको छ । यी भेहिकलहरूको मद्दतले बीवाइडीसँग चीनमा सबैभन्दा धेरै क्लाउड डाटाबेस भएको छ । बीवाइडीको असिस्ट ड्राइभिङ सिस्टमले दैनिक रूपमा १५ करोड किलोमिटर ड्राइभिङ डाटा संकलन गर्छ ।

चिनियाँ अटोमोबाइल बजारमा सन् २०२५ को जुुलाइदेखि डिसेम्बरसम्म एड्भान्स ड्राइभर असिस्ट सिस्टम भएका सवारीहरूको पेनेट्रेसन ६२.५८ प्रतिशत पुगेको छ ।

बीवाइडीले ‘अब मिन्स अफ ट्रास्पोटेसन’ बाट ‘लाइफ पार्टनर’को रूपमा कारलाई अपग्रेड गर्ने जनाएको छ । बीवाइडीका कारहरूमै ड्रोन इन्ट्रिग्रेसन गर्न सकिने, स्मार्ट होम कन्ट्रोलका फिचरहरूका साथै एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम सबै भेहिकल लाइनअपमा स्ट्याण्डर्ड फिचरको रूपमा हुनेछ । कम्पनीका अनुसार बजेटदेखि लग्जरी कारमा ‘इन्टेलिजेन्ट ड्राइभिङ फर अल’ योजना लागू हुनेछ ।


Back_to_top