पर्फेक्ट साइजमा आयो ‘किया ईभी-टु’, नेपालको लागि कति उपयोगी ?

काठमाडौं । किया मोटर्सले ‘ईभी-टु’ सार्वजनिक गरेको छ । ब्रेसल्स मोटर शो २०२६ मा कियाले आफ्नो इन्ट्री मोडल एसयूभी सार्वजनिक गरेको हो ।

कोरियन कार निर्माताले ल्याएको ईभी टु साइजको आधारमा निकै पर्फेक्ट देखिएको छ । नेपालमा धेरै मानिसको रोजाइमा चार मिटर साइजको गाडी पर्ने गर्छ । कियाले पनि ठ्याक्कै ४०६० मिलिमिटर साइजमा ईभी टु ल्याएको हो ।

यसअघि देखाएको ईभी टुकै कन्सेप्टमा आधारित नयाँ एसयूभी युरोप र साना कारको बजार भएका देशमा बिक्री गर्ने रणनीति कियाले बनाएको जनाएको छ । बक्सी डिजाइन र फ्युचरिस्टिक डिजाइनमा बनेको ईभी टुमा भर्टिकल एलईडी डे टाइम रनिङ लाइट, स्टार म्याप लाइटिङ, फ्लस डोर ह्याण्डल दिएको छ ।

दुई ब्याट्री अप्सनमा उपलब्ध एसयूभीमा ४२.२ र ६१ किलोवाट आवरको ब्याट्री रहने छ । यसको स्टायण्डर्ड रेन्ज मोडलले ३५० किलोमिटरसम्म र लङ रेन्ज मोडलले ४४८ किलोमिटरसम्म रेन्ज दिने कियाको दाबी छ ।

कोरियन कार निर्माताले ४०० भोल्ट आर्किटेक्चरमा यसलाई तयार पारेको हो । डीसी चार्जरको प्रयोगमा किया ईभी टुलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ३० मिनेट लाग्नेछ । यसले एसी चार्जर पनि २२ किलोवाटसम्मको सपोर्ट गर्ने कम्पनीको दाबी छ ।

प्योर ईभी प्लेटफर्ममा बनेको ईभी टु फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । अहिलेसम्म यसको मोटर पावर सार्वजनिक भएको छैन । तर, ९० किलोवाटदेखि १५० किलोवाटसम्मको अप्सनमा आउने अनुमान छ ।

कियाले ईभी टुमा ४०३ लिटरको बुट स्पेश, ड्यासबोर्डमा ३ वटा स्क्रीन, भेहिकल टु लोड, हर्मन कार्डनको म्युजिक सिस्टम, एडास लेभल टु, ३६० डिग्री क्यामेरा, हाइवे ड्राइभिङ एसिस्ट, पानारोमिक सनरुफ दिनेछ ।


Back_to_top