काठमाडौं । चिनियाँ विद्युतीय कार मूल्यका हिसाबले १ करोड ४० लाख रुपैयाँसम्म पर्ने मोडल उपलब्ध छन् । त्यसमा बीवाइडी सिलायन सेभेन बीचमा देखिन्छ ।
७५ लाख रुपैयाँ मूल्य रहेको सिलायन सेभेन २०८२ साउन अन्तिममा नेपाली बजारमा सार्वजनिक भएको मोडल हो । साइमेक्स इंक प्रालिले ल्याएको सिलायन पछिल्लो ५ महिना (पुस मसान्तसम्म)मा आयात ३७६ युनिट पुगेको देखिन्छ ।
कम्पनी विगत १५० दिनमा आयात गरेको उक्त तथ्यांकले यसको सफलतालाई झल्काउँछ । प्रिमियम सेग्मेन्टमा दीपल एस-०७ ले धेरैको आवश्यकता पूरा गरिसकेको जनाएपनि सिलायन सेभेनले त्यसलाई गलत सावित गर्न सफल भएको हो ।
सिलायन सेभेनमा के छ खास ?
सबैभन्दा पहिला साइजको कुरा गरौं । सिलायन सेभेनको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम र उचाइ १६२० एमएम छ । जुन निकै ठूलो हो । यसमा २९३० एमएम लामो ह्वीलबेस छ ।
बीवाइडीको ‘सेल टु बडी टेक्नोलोजी’मा बनेको सिलायन ‘ई प्लेटफर्म ३.० ईभो’मा आधारित छ । यसमा ७१.८ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ ।

बीवाइडीले सिलायन सेभेनमा नयाँ डीसुस सी इन्टेलीजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम, रोडको कन्डिसन बुझ्ने एडाप्टिभ सस्पेन्सन दिएको छ । डी पाइलट १०० (गड्स आई) एड्भान्स ड्राइभर असिस्ट सिस्टमको साथ आएको सिलायनमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा प्रयोग भएको छ ।
सिलयान सेभेनको इन्टेरियरमा १२८ कलरको एम्बियन्ट लाइटसहितको प्रिमिमय क्याबिन पाउन सकिन्छ । यसमा मसाज फङ्सन सहितको भेन्टिलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्क्रीन छन् ।

त्यसैगरी, भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट छन् ।


