काठमाडौं उपत्यकासहित सातै प्रदेशका सहरमा इलेक्ट्रीक बस चल्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकालगायत सातै प्रदेशका प्रमुख सहरहरुमा विद्युतीय बस चलाउने भएको छ । यसका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तह सहित निजी क्षेत्रसँग समन्वय गरिने नीति सरकारले लिएको छ । 

राष्ट्रपति विद्या भण्डारीले गत शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन् । विद्युतीय सवारी प्रयोगलाई बढवा दिन देशव्यापी पर्याप्त चार्जिङ स्टेशनहरु स्थापना गर्ने नीति तथा कार्याक्रममा उल्लेख छ । 

सरकारले ३/४ वर्ष अघिदेखि विद्युतीय सवारीलाई बढावा दिने नीति लिएको भएपनि विद्युतीय सवारीका लागि आवश्यक कानुन तथा नीति बनाउन सकेको छैन । 

सरकारले नीति तथा कार्याक्रममा ल्याएको कार्याक्रम अनुसार केन्द्र सरकार, प्रदेश तथा स्थानिय तहको समन्वयमा ठूला इलेक्ट्रीक बस सञ्चालन हुने हो भने यसले वातावारण तथा सार्वजनिक यातायातमा निक्कै राम्रो सन्देश जानेछ । 

यसमा निजी क्षेत्रलाई समेत समावेश गर्ने नीति तथा कार्याक्रममा उल्लेख छ । नीति ल्याउने तर कार्यान्यन नहुने परम्परा जस्तै बनिसकेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति कार्यान्वयन भए सार्वजनिक यातायातमा नयाँ बेन्चमार्क नै बन्ने छ । 


Back_to_top