३ वटा दमकल ल्याउने तयारीमा काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ वटा नयाँ दमकल ल्याउने तयारी गरेको छ । महानगरले हाल दमकल खरिद प्रकृयामा अगाडि बढाइएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले बताए । 

उनका अनुसार चालू आर्थिक वर्ष भित्र दमकल ल्याउने योजना रहेको छ । ३ वटा दमकल ल्याउनका लागि करिब १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

हाल महानगरसँग ४ वटा अनुदानमा आएको दमकल रहेको छ । सो दमकल पुरानो प्रविधिको भएकाले नयाँ प्रविधिको दमकल ल्याउने तयारी गरेको डंगोलले बताए ।

‘अहिले ४ वटा दमकल छ अनुदानमा आएको हो, पुरानो भयो, अब घरहरु ठूल्ठूला भए त्यही अनुसारको आधुनिक दमकल खरिद गर्ने प्रकृयामा हामी अघि बढिरहेका छाैँ,’ डंगोलले मेरोअटोसँग भने । 

यसको लागि सैदान्तीक निर्णय भइसकेको र प्रकृया अघि बढ्ने क्रममा रहेको उनले जानकारी दिए । अब प्रस्वात आवहान गर्ने तयारीमा महानगर रहेको उनले बताए । उनले प्रस्ताव आवहान गरेपछि प्रस्ताव आउने र त्यसको मूल्यांकन गरि दमकल खरिद गरिने बताए । 


Back_to_top