चर्चामा फोर्स मोटरको नयाँ जेनरेसन गुर्खा, होला थारसँग प्रतिस्पर्धा

काठमाडौं । फोर्सले आगामी वर्ष गुर्खाको नयाँ जेनेरेशन बजारमा ल्याउने भएको छ । कम्पनीले यो मोडलमा एबीएस, स्पीड वार्निङ, सिटबेल्ट रिमाइन्ड, रियर पार्किङ सेन्सर, अफरोडको विशेषता प्रदान गरेको छ । 

हाल, कम्पनीले गुर्खाको पुरानो मोडललाई रिप्लेस गर्दै नयाँ मोडल ल्याउने तयारी तिव्र बनाएको छ । यो मोडल नयाँ बडी सेल र क्रश परिक्षण गरि बजारमा आउने छ । 

यसले महिन्द्राको थारसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । यो मोडल २०२० को अटो एक्स्पोमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यसमा २.२ लिटर डिजेल इन्जिन लगाइएको छ । मर्सिडिज बेन्जमा उपलब्ध सो इन्जिनले १४० बीएचपी पावर उत्पादन गर्छ ।

यसमा उपलब्ध इन्जिन भारतमा लागु हुने बीएस ६ मापन्दड अनुसार रहेको कम्पनीले जनाएको छ । यसमा नयाँ मल्टी लिंक सस्पेन्सन सेटअप, लोरेन्ज ट्रान्सफर केस र अफरोड बिट लगायतका विशेषता दिइएको छ ।  

यसको फ्रन्टमा स्टाइलिस्ट विशेषता प्रदान गरिएको छ । कम्पनीले यो मोडललाई २.५ लिटर पेट्रोल इन्जिनमा पनि ल्याउने अनुमान गरिएको छ । 


Back_to_top