हुन्डाई फेस्टिभ डिलाईट २०७५ को विजेता घोषणा, कसले जिते क्रेटा

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाईट २०७५’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ । उक्त योजना भाद्र २१ गतेदेखि कात्र्तिक ३० गतेसम्म संचालन भएको थियो । 

सो अफरमा हुन्डाईको नयाँ गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बीमाको साथै स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट, लक्कि ड्र मार्पmत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन र बम्पर लक्की ड्रबाट २ जनालाई हुन्डाई आई २० एक्टीभ र हुन्डाई क्रेटा जित्ने अवसर पाएका थिए ।

‘हुन्डाई फेस्टिभ डिलाईट २०७५’ अफरको विजेताको घोषणा हिमालयन टिभीबाट प्रत्यक्ष लक्की ड्र मार्फत आज घोषणा गरिएको थियो । उक्त कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल र मिस नेपाल श्रृंखला खतिवडा थिए । 

‘हुन्डाई फेस्टिभ डिलाईट २०७५’ अफर अनुरुप, १०–१० ग्राम सुन जित्नका लागी  १०० जना भाग्याशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ । त्यसैगरी ‘हुन्डाई फेस्टिभ डिलाईट २०७५’ अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर ९०६ का भावना केसीले हुन्डाई आई २० र कुपन नम्बर १६२२ का बद्री कुमार खड्काले हुन्डाई क्रेटा जितेका छन् । 


Back_to_top