म्याक्ससको नाइमा अफर भदौ १५ सम्म लागू हुने, ५ लाखसम्म छुट

काठमाडौं । म्याक्सस ई टेरेन इलेक्ट्रीक पिकअप ट्रकमा नाइमा मोबिलिटी एक्स्पोको अवसरमा घोषणा गरिएको छुट अफर आगामी भदौ १५ गतेसम्म लागू हुने भएको छ ।

नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालय मोटरक्स प्रालिले छुट अफर विस्तार गरेको हो । यो छुट सुविधा लिन इच्छुक ग्राहकहरूले हात्तीसारस्थित म्याक्ससको शोरुममा नै गएर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले नाइमा अफर अन्तर्गत म्याक्सस ई टेरेनको प्रिमियम भेरियन्टमा ५ लाख रुपैयाँ र कम्फर्ट भेरियन्टमा २ लाख रुपैयाँ छुट दिएको छ । ग्राहकले यो छुट १५ गतेसम्म पाउने भएका हुन् ।

कम्पनीले ई टेरेनको प्रिमियम भेरियन्टको मूल्य १ करोड २८ लाख रुपैयाँ तोकेको छ । यसमा ५ लाख छुटपछि ग्राहकले १ करोड २३ लाख रुपैयाँमै पाउने छन् ।

त्यस्तै, कम्फर्ट भेरियन्टको मूल्य ८८ लाख रुपैयाँ ताकेको छ । छुटपछि ग्राहकले ८६ लाख रुपैयाँमै पाउने छन् ।

हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा म्याक्सस ई टेरेनले राम्रो बुकिङ पाएको छ । कम्पनीका अनुसार एक्स्पोमा कम्फर्ट भेरियन्ट ३६ वटा र प्रिमियम भेरियन्ट ८ वटा गरी कुल ४४ वटा बुकिङ भएको छ ।

यो म्याक्सस पिकअप छोटो समयमा नै नेपालमा लोकप्रिय भएको छ। विशेषगरी युवा उमेरका, कच्ची सडकहरूमा यात्रा गरिराख्नुपर्ने व्यक्तिहरू तथा क्याम्पिङमा रुचि राख्ने व्यक्तिहरूले यो सवारी साधन रुचाएको देखिन्छ। यो म्याक्सस पिकअप अन्य भन्दा एग्रेसिभ देखिनु, सुविधा सम्पन्न कारहरूमा जत्तिकै फिचरहरू लोड भएको साथै व्यवसायीक र निजी दुवै प्रयोजनका लागि उपयुक्त हुने भएका कारण पनि नेपालमा यसले छिटै बजार लिएको देखिन्छ।

उच्च ग्राउण्ड क्लिरेन्सका भएका कारण कन्स्ट्रक्सन तथा हाइड्रोपावर फिल्डमा भएका व्यवसायीहरूका लागि यो विद्युतीय पिकअप उपयुक्त हुनुको साथै किफायती समेत हुने जनाइएको छ। यो सुविधा सम्पन्न पिकअप चाइनाको विश्वसनीय तथा ख्याति प्राप्त कम्पनी एसएआइसी अन्तर्गत म्याक्सस कम्पनीद्वारा उत्पादन गरिएको भएका कारण पनि नेपाली ग्राहकहरूले यस कम्पनीलाई छिट्टै विश्वास गरेको पाइएको छ।


Back_to_top