काठमाडौं । चितवनमा ट्रायम्फको नयाँ थ्रीएस शोरूम (सेल्स, सर्भिस र स्पेयर) संचालनमा ल्याएको छ ।
ट्रायम्फको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासन्द एण्ड कम्पनीले उक्त शोरुम संचालनमा ल्याएको हो ।
उत्तः अवसरमा चितवनको क्याम्पा चौरमा चर्चित नेपाली ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट समेत आयोजना गरिएको थियो ।
नयाँ शोरुमलाई कम्पनीले ट्रायम्फ ब्राण्डको देशव्यापी विस्तारको यात्रामा एक महत्वपूर्ण माइलस्टोनको रूपमा लिएको छ ।
ट्रायम्फको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको नयाँ थ्री एस शोरुममा तालिमप्राप्त प्राविधिक तथा कर्मचारीहरू रहेका छन् ।
यस शोरुमबाट ग्राहकले ट्रायम्फ मोटरसाइकलका नयाँ मोडेलहरू, बिक्रीपछिको उत्कृष्ट सेवा र स्पेयर पाट्र्स सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसले चितवन र वरिपरिका क्षेत्रका राइडरहरूलाई विश्वसनीय सुविधा र प्रत्यक्ष अनुभव प्रदान गर्ने विश्वास लिइएको छ ।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले चितवन शोरूमको उद्घाटनसँगै ट्रायम्फ नेपालले देशभर प्रिमियम मोटरसाइकल अनुभव पुर्याउने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको बताए । राइडरहरूलाई देशभर जहाँ जहाँ यात्रा गरे पनि विश्वस्तरीय उत्पादन र सेवा अनुभव सुनिश्चित गर्दछ ।


