आयो बजाज एभेन्जर स्ट्रिट १६० एबीएस, यस्तो छ मूल्य र विशेषता

भारतीय बजारमा बजाजले नयाँ एभेन्जर स्ट्रिट १६० एबीएस सार्वजनिक गरेको छ । अनिवार्य एबीएससहित बजारमा आएको यो मोटरसाइकलले सुजुकी इन्ट्रुडरसँग कडा प्रतिस्पर्धा गर्नेछ । बजाज एभेन्जर स्ट्रीट १६० को डिजाइन र लुक्स सुजुकी इन्ट्रुडरसँग केही मिल्दोजुल्दो रहेको छ । यो मोटरसाइकल आकर्षक डिजाइनको कारण पनि चर्चामा आएको हो । चालकको सुरक्षाको लागि यस मोटरसाइकलको रियरमा रियर लिफ्ट प्रोटेक्सन सेन्सर लगाइएको छ । यसले दुर्घटना हुने सम्भावनालाई कम गर्ने कम्पनीले जनाएको छ ।

भारतीय बजारमा यसको मूल्य ८१ हजार ३७ भारु तोकिएको छ । यसमा १६०.३ सीसी सिगल सिलिन्डर फोर भल्भ एयर कुल्ड इन्जिन लगाइएको छ । यसले १५ बीएचपी पावरका साथै १३.७ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

यस्तै सुजुकी इन्ट्रुडरमा १५४.९ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यसले १४ बीएचपी पावरका साथै १४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै यस मोटरसाइकलमा सिंगल च्यानल एबीएस सेटअप दिइएको छ । चालकको आरामदायी यात्राको लागि रियरमा स्विंग आर्म मनोसक सस्पेन्सन दिइएको छ ।


Back_to_top