काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
शनिबार साँझ झडेवाबाट माथागढी गाउँपालिका-७ रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर दुर्घटनामा परेको हो । उक्त टिपर सडकबाट करिब १०० मिटर तल खसेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका-४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका-२ खैरेनी बस्ने अन्दाजी २६ सुनिल नेपालीको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै, दुर्घटनामा परी तीन गम्भीर घाइते भएका तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा भैरहवा मेडिकल कलेज मृत्यु भएको प्रहरीले जनाएको छ ।

