काठमाडौं । यही चैत ११ गतेदेखि १५ गतेसम्म पोखरामा आयोजना हुने दोस्रो संस्करणको ‘नाडा प्रिजेन्ट वाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
हाल प्रशासनिक कार्य एवं प्रदर्शनी स्थल निर्माणको काम भइरहेको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसन (वाडा)ले जनाएको हो ।
वाडा अटो शो पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा आयोजना हुनेछ । वाडा अटो शो २०२६ मा दुईपाँग्रो, चारपाँग्रे साना, मझौला तथ ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था लगायतले सहभागिता जनाउने छन् ।
अटो शोमा विशेष आकर्षणका लागि रोबोट तथा भिन्टेज कार पनि प्रदर्शनीमा राखिएको छ । अटो शोमा युनिट्री गो २, युनि ट्री जी वान र चंखे रोबोट हेर्न पाइने छ ।
यो अटो शोले व्यवसायिक सहकार्य एवं नेटवर्किङका अवसर प्रदान गर्नुका साथै पोखराको पर्यटन तथा अटोमोबाइल क्षेत्रको समग्र विकासमा समेत टेवा पुर्याउने विश्वास गरिएको छ ।

