ज्यागुअर ल्यान्ड रोभरले २०२० को अन्त्यसम्ममा ल्यान्ड रोभर डिफेन्डरको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । बक्सी बडीमा आउने ल्यान्ड रोभर डिफेन्डरमा आकर्षक डिजाइनसँगै विभिन्न विशेषता थपिएको छ ।
यसमा रेक्ट्यांगुलर हेडलाइट, एलइडी डिआरएलएस, सिम्प्लिस्टिक बम्पर, स्किड प्लेट दिइएको छ । यसको साइडमा स्ट्रेट लाइन, स्क्वायरिस विन्डो र प्लेन डोरमा आकर्षक डिजाइन प्रदान गरिएको छ ।
ह्वील आर्क, ब्याक साइड हिंग्ड टेलिगेट, स्पेयर ह्वील माउन्टेडसँगै आकर्षक ड्यासबोर्ड, लार्ज इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, चंकी मल्टिफिकेशन स्टेयरिंग ह्वीलको विशेषता दिइएको छ ।
अल न्यू ल्यान्ड रोभर डिफेन्डर डी ७ यू अवधारणामा निर्माण भएको कम्पनीले जनाएको छ । यसमा २.० लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन र डिजेल युनिट दिइएको छ ।
त्यसैगरी कारमा ६ सिलिन्डर पेट्रोल युनिट लगाइएको छ भने, ४८ भोल्ट माइल्ड हाइब्रिड प्रविधिको प्रयोग गरिएको छ ।


