प्रधानमन्त्री र मन्त्रीहरूको दैनिक मापसे र लापसे जाँच गर्न माग

तस्बिर : एआइ जेनेरेटेड ।

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे र लापसे जाँच गर्नुपर्ने माग गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै देशको स्वास्थ्यको लागि यो अनिवार्य रहेको बताएका हुन् ।

‘प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) चेक जाँच दैनिक गरिनु पर्दछ । सांसदहरूको पनि गर्नुपर्छ । देशको स्वास्थ्यको लागि यो अनिवार्य छ,’ उनले फेसबुकमा लेखेका छन् ।


Back_to_top