काठमाडौं । ट्राफिक प्ररीले नेपाल प्रहरीकै भ्यानलाई चिट काटेको छ । नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस्तो जानकारी दिएको हो ।
प्रहरीका अनुसार ट्राफिक नियम उल्लंघन गरी फुटपाथमा पार्किङ गरिएको ग १ झ ५७१ नम्बरको भ्यानलाई चिट काटिएको हो ।
प्रहरीले आफ्नो भ्यान फुटपाथमा पार्किङ गरेको तस्बिर सामाजिक संजालमा भाइरल बनेको थियो । त्यसपछि ट्राफिकले उक्त भ्यानको पहिचान गरी चिट काटेको प्रहरीले जनाएको छ ।
प्हरीले आफ्ना सबै प्रहरी एकाइ, कर्मचारीहरू र सम्पूर्ण सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न अनुरोध समेत गरेको छ ।

