४ दिनपछि बिक्री सुरू हुँदै ४०६ टनको रेल तान्न सक्ने एसयूभी

काठमाडौं । जेएसडब्लू एमजी मोटर इन्डियाले आफ्नो नयाँ एसयूभी एमजी मेजेस्टर आगामी साता सार्वजनिक गर्ने भएको छ ।

बेलायती निर्माता एमजीले गत वर्ष ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ मा सार्वजनिक गरेको मेजेस्टर एसयूभी अप्रिल २७ देखि भारतमा बिक्री थाल्ने भएको हो ।

मेजेस्टर एसयूभी निकै शक्तिशाली रहेको छ । यो एसयूभीले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएको थियो । मेजेस्टरले ४०६.४ टन तौल भएको एउटा विशाल रेललाई ३०० फिटको दूरीसम्म तानेको थियो ।

एमजी मेजेस्टरमा २.० लिटरको ट्विन टर्बोचाज्र्ड डिजेल इन्जिन छ । जसले २१५.५ पीएस पावर तथा ४७८.५ न्युटन टर्क उत्पादन गर्दछ । यसमा ८ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ।

मेजेस्टर एसयूभी रियर ह्वील र फोर ह्वील दुवै ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, चौडाइ १८७६ एमएम र २९५० एमएम लामो ह्वीलबेस छ ।

यसको अगाडि विशाल ठूलो ग्लसी ब्ल्याक कलरको ग्रिल प्रयोग भएको म्याजेस्टरको पछाडि दुई वटा ‘एग्जस्ट पाइप’ प्रयोग गरिएको छ । एमजीले म्याक्सस डी-९० मा आधारित रहेर तयार पारेको म्याजेस्टरले ठूला गाडी चाहनेहरूको आवश्यकता पूरा गर्नेछ ।

नयाँ एसयूभीको ग्रिलको दुवै छेउमा ठाडो आकारमा दिइएको एलईडी हेडलाइट पाउन सकिन्छ । हेडलाइटको माथि आइब्रो डिजाइनमा स्लीक एलईडी डे टाइम रनिङ लाइट प्रयोग भएको छ । अगाडिको बम्परको तल्लो भाग निकै रग्ड डिजाइनमा देखिने कालो बडी क्लाडिङ दिइएको छ ।

ड्यूल टोनमा तयार भएको १९ इन्चको ह्वील प्रयोग गरिएको म्याजेस्टरको पछाडि कनेक्टेड एलईडी टेल लाइट पाउन सकिन्छ । पछाडिको बम्परको तल्लो भागमा सिल्भर कलरको स्कीड प्लेट दिइएको छ ।

एमजी मेजेस्टरमा उत्कृष्ट अफरोड क्षमताहरू पनि छन् । यसमा १० वटा अफरोड मोडहरू सहितको फोर ह्वील ड्राइभ सिस्टम, ट्रिपल डिफरेंशियल लक (अगाडि, पछाडि र बीच), क्रल कन्ट्रोल र २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यस एसयूभीमा ८१० एमएम गहिरो पानीमा चल्न सक्ने क्षमता पनि छ ।

सुरक्षाका लागि मेजेस्टरमा लेभल २ एडास प्रणाली जडान गरिएको छ । एमजी म्याजेस्टर एसयूभीको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इनफर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील छ ।

कम्पनीले यसमा थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउण्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिट दिएको छ ।


Back_to_top