काठमाडौं । सीएफमोटो नेपालले आफ्ना मोटलसाइकल प्रयोगकर्तालाई लक्षित गर्दै सीएफमोटो प्रि-मनसुन केयर क्याम्प संचालन गर्ने भएको छ ।
नेपालका लागि सीएफमोटोको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले बैशाख २० देखि २५ गतेसम्मका लागि प्रि-मनसुन केयर क्याम्प आयोजना गर्ने भएको हो ।
कम्पनीले मनसुन सुरू हुनुअघि मोटरसाइकलको अवस्थालाई सुरक्षित र चुस्त बनाउन यो क्याम्प संचालन गर्न लागेको हो । क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक छुट र सुविधाहरू प्राप्त गर्नेछन् ।
उक्त क्याम्पमा ग्राहकले लेबर चार्जमा ५० प्रतिशतसम्म, कभर पाट्र्समा २० प्रतिशत, स्पेयर पाट्र्समा १० प्रतिशत र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउने छन् । साथै, मोटरसाइकल चेकअप गराएका ग्राहकहरूलाई निःशुल्क रूपमा बाइक वास सेवा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यो केयर क्याम्प आयोजना काठमाडौंको कालोपुलस्थित सीएफमोटोको आधिकारिक सर्भिस सेन्टरमा संचालन हुनेछ ।

