काठमाडौं । ट्रायम्फको मोटरसाइकलमा राष्ट्रव्यापी एक्सचेन्ज क्याम्प सुरू भएको छ ।
नेपालका लागि ट्रायम्फको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले वैशाख २७ गतेदेखि जेठ १ गतेसम्म देशव्यापी एक्सचेन्ज क्याम्प संचालन गरेको हो ।
उक्त क्याम्पमा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो मोटरसाइकलसँग ट्रायम्फको नयाँ मोटरसाइकलसँग साट्न सक्नेछन् ।
ग्राहकले पुराना मोटरसाइकलको एक्सचेन्जमा बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँसम्म मूल्य पाउने छन् । साथै, कम्पनीले प्रत्येक खरिदमा अन द स्पट एक्सचेन्ज सेवा, प्रिमियम हेल्मेट, ट्यांक प्याड र डकुमेन्ट ब्याग निःशुल्क उपलब्ध गराउने छ ।
त्यस्तै, ग्राहकले सहज फाइनान्स सुविधा अन्तर्गत न्यूनतम ४० प्रतिशत डाउन पेमेन्टमै ट्रायम्फका मोटरसाइकल खरिद गर्न सक्नेछन् । ग्राहकले कुनै झन्झट बिनै नागरिकता र ड्राइभिङ लाइसेन्सको आधारमा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
यसका अलावा क्याम्पमा उपस्थित सबैलाई कम्पनीले मोटरसाइकलको फ्री टेस्ट राइड र निःशुल्क पेय पदार्थको व्यवस्था पनि गरेको छ । एक्सचेन्ज क्याम्पमा सहभागी राइडरहरूका लागि पनि विशेष सुविधाहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
हाल नेपाली बजारमा ट्रायम्फको स्पीड ४००, स्क्रयाम्बर ४०० एक्स र स्क्रयाम्बर ४०० एक्ससी गरी तीन मोडलका मोटरसाइकल उपलब्ध छन् ।


