काठमाडौं । सरकारले काठमाडौंको चक्रपथ विस्तारलाई तिब्रता दिने भएको छ । चक्रपथ विस्तारका लागि अर्थमन्त्री युवराज खतिवडाले १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
कोटेश्वरदेखि कलंकीसम्मको भाग बनिसकेको र बाँकी भाग निर्माण सम्पन्न गर्न उक्त रकम विनियोजन गरिएको हो । चक्रपथ विस्तार गरि ८ लेनको बनाइँदै छ ।


