फोर्डले आफ्नो चर्चित कार इकोस्पोर्टको नयाँ भेरियन्ट ‘थन्डर एडिसन’ बजारमा ल्याउने भएको छ । सब कम्प्याक्ट सेग्मेन्टमा थुप्रै गाडीहरु आक्रमक रुपमा आएपछि कम्पनीले इकोस्पोर्ट थन्डर एडिसन ल्याउन लागेको हो ।
अहिले बजारमा मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, हुन्डाई भेन्यू जस्ता मोडल प्रतिस्पर्धामा आएसँगै फोर्ड इन्डियाले इकोस्पोर्टमा केही परिमार्जन गरि बजारमा ल्याउन लागेको हो ।
कम्पनीले नयाँ थन्डर एडिसनमा थुप्रै फिचरहरुमा परिमार्जन गर्ने तयारी गरेको छ भने यसको लुक्सलाई समेत निकै आक्रमक बनाउँदै छ । अहिलेको टाइटेनियम प्लस अप्सनको गाडीलाई परिमार्जन गरि थन्डर बनाउन लागिएको हो । यसमा कम्पनीले ९ इन्चको फ्लाई अडियो टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम दिने जनाइएको छ ।
साथै, डियूल टोन कलरमा आउने ड्यास बोर्डमा लेदरको प्रयोग गरिने र कलर फुल स्टीचिङ दिने तयारी गरिएको छ । थन्डर भेरियन्टमा अगाडिको ह्वील कभर कालो कलरमा उपलब्ध हुनेछ । सनरुफ, नयाँ अलोय ह्वील, कालो कलरको रुफ रहने यो कम्प्याक्ट एसयूभी १.५ लिटर पेट्रोल वा डिजल मध्य एक इन्जिन अप्सनमा आउने छ ।

