काठमाडौं । सरकारले विद्युतीय सवारी साधन (ईभी) आयात गर्दा नयाँ शिर्षकमा कर लगाउने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’मा नयाँ कर लगाउने घोषणा गरेका हुन् ।
विद्युतीय साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको ब्यवस्थापनका लागि पैठारी बिन्दुमा यस्तो कर लगाउने उनले बताए ।


