काठमाडौं । कोभिडपछि शिथिल बनेको नेपालको अटोमोबाइल क्षेत्र क्रमशः चलायमान बन्दै गएको छ । चारपाँग्रे प्यासेन्जर, कमर्शियल, दुईपाँग्रे सबै खालका सवारीको बिक्री बढ्दो क्रममा देखिन्छ ।
पछिल्ला वर्षहरूमा नेपालको अटो क्षेत्र ईभीमय बन्दै गइरहेको छ । नेपाल ईभी पेनिट्रेनसन हाइ हुने मुलुकको अग्रस्थानमै पर्छ । काठमाडौं उपत्यका मात्र होइन, बाहिरका ठूला सहरहरूमा पनि ईभीको प्रयोग बढ्दो छ । यद्यपि, ग्राहकले सहज चार्जिङ सुविधा, सर्भिस, स्पेयर पार्ट्स नपाएको गुनासो पनि सुनिन्छ ।
सुधारोन्मुख क्रममा रहेको अटो क्षेत्रले अहिले पनि धेरै चुनौती सामाना गरिहरको छ । व्यवसायीले नीतिगत अस्थिरता, अपेक्षित माग बढ्न नसक्नु, व्यवसायिक वातावरण नहुनु, पर्याप्त पूर्वाधारको अभाव लगायत समस्या झेलिरहेका छन् । त्यसमा पनि क्षेत्रगत रूपमा व्यवसायीका समस्या फरक फरक छ ।
स्थलगत रूपमा अटो क्षेत्रको अवस्था बुझ्न मेरोअटो टिम चितवन पुगेको थियो । हामीले चितवनको समग्र अटो क्षेत्र (बिक्रीको अवस्था, सर्भिस, स्पेयर पार्टस्, रिकण्डिसन, व्यवसायीका अनुभव लगायत) बारेमा त्यहाँका व्यवसायीसँग संवाद गरेका छौं । भिडियोमा हेर्नुहोस् ।


