काठमाडौं । सवारी चालकहरूलाई कारबाही गर्ने ट्राफिक प्रहरी आफैं कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले फुटपाथमा मोटरसाइकल चलाउने आफ्नै कर्मचारीलाई कारबाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छुट कसैलाई नभएको भन्दै उनलाई लापरवाहीपूर्वक सवारी चलाएको कसुरमा कारबाही गरिएको हो ।
ट्राफिक प्रहरीले फूटपाथमा मोटरसाइकल चलाएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि त्यसको आलोचना भएको थियो । त्यसपछि उक्त चालकलाई कारबाही गरिएको कार्यालयले जनाएको छ ।


