पप्पुलाई कारवाही गर्न सिफारिस

काठमाडौं । राजधानीको तीनकुने र मीनभवन जोड्ने बागमती नदीमाथि निर्माण भइरहेको पुल गुणस्तरहीन भएको निश्कर्ष सहित काम रोक्न प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिले पुलको स्थलगत भ्रमणको प्रतिवेदन पेश गर्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ । 

समितिले तिनकुने पुलमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउने सुनिश्चतता गर्न पनि आयोजना सम्वद्ध अधिकारीलाई निर्देशन दिएको छ ।

‘काम अघि नबढाउन निर्देशन दिँदा दिँदैपनि अटेर गरी निर्माण अघि बढाउने व्यवसायीलाई कारवाही गर्नु पर्ने समिति सभापति कल्याणी खड्काले बताइन् ।

२१ करोड ३३ हजारमा तीनकुनेका २ वटा पुलको निर्माण गर्ने ठेक्का पाएको पप्पुले कमसल निर्माण गरेको भन्दै सडक विभागले काम रोक्न पत्र काटेको थियो । सडक विभागको पत्रलाई अटेरी गर्दै पप्पुले पुल निर्माण अघि बढाएपछि उसको भुक्तानी समेत रोकिएको छ ।

पुल निर्माणमा भएको लापरवाहीबारे सांंसदहरुले कुरा उठाएपछि समितिका सभापति कल्याणी खड्का नेतृत्वको टोलीले जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन गरेको थियो ।


Back_to_top