बन्यो रुख चढ्ने मोटरसाइकल, यस्तो छ काम र क्षमता

महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले कर्नाटकका एक जना किसानले नविनतम बाइक बनाएकोमा प्रशंसा गरेका छन् । कर्नाटकका ती किसानले नरिवल र सुपारीको रुख चढ्ने बाइक बनाएका हुन् । उक्त बाइकको सहायताले नरिवल र सुपारीको रुखमा केही सेकेन्डमै चढ्न सकिन्छ । 

आनन्द महिन्द्राले किसान गणपति भट्टले बनाएको बाइकको फोटो÷भिडियो ट्वीट गर्दै यो प्रभावकारी उपकणमात्र नभएर, यसको डिजाइन समेत उत्कृष्ट भएको लेखेका छन् । यो बाइकको तौल २८ किलो मात्र रहेको छ । 

यो बाइक १ लिटर पेट्रोलले ८० वटा रुख चढ्न सक्छ भने एक घण्टामा ६० देखि ८९ रुख चढ्छ । आनन्दले कम्पनीका अफिसियलहरुलाई यो बाइक आफ्नो प्लेटफर्म मार्फत बिक्री गर्न सकिन्छ कि भन्ने विषयमा बझ्न भनेका छन् । 

यो बाइकले ८० किलो तौल बोकेर रुख चढ्न सक्छ । नरिवल र सुपारीको रुख चढ्न निक्कै कठिन हुने गरेको छ । अब यो बाइकको बजारिकरण भयो भने यस्ता रुखहरु सजिलै चढ्न सकिने छ ।


Back_to_top