बुटवल । मेरोअटो डटकमले लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र बुटवल र भैरहवा क्षेत्रको अटोमोबाइल व्यवसायको सम्भावना र चुनौतीको विषयमा छलफल गरेको छ ।
‘मेरोअटो ग्राउण्ड रियालिटी’ सिरिज अन्तर्गत बुटवलमा उक्त छलफल आयोजना गरिएको हो । बुटवल र भैरहवा क्षेत्रका व्यवसायीका समस्याका विषयमा विशेष कुराकानी गरिएको थियो ।
नाडा लुम्बिनीसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्ने अधिकांश बक्ताले खुला सिमानाको कारण व्यापारमा चुनौती बढ्दै गएको र नयाँ टेक्नोलोजी अनुसारको पूर्वाधारमा कमी रहेको विचार व्यक्त गरे ।
खासगरी सार्वजनिक यातायातलाई बलियो बनाउन नसक्नु, सीमा क्षेत्रमा कडाई नगर्दा चोरीका पार्ट्स आयात हुनु, सिमापारीका बजारमा गएर गाडीको मर्मत सम्भार र पार्ट्स परिवर्तन गर्नु जस्ता कारण स्थानीय बजारमा व्यापार चुनौती पूर्ण बन्दै गएको देखिएको व्यवसायीहरूको भनाइ छ ।
यसका अलावा न्यू इनर्जी भेहिकल आयातसँगै थपिँदै गएका समस्या पनि सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ । व्यवसायीसँग गरिएको पूरा संवाद माथिको भिडियोमा हेर्नुहोस् ।


