मारुती सुजुकीले भारतमा नयाँ प्रदूषण मपदण्ड सहितको डिजायर सार्जजनिक गरेको छ । सेडान भर्सनको बीएस–६ डिजायर सार्वजनिक भएको हो । साविकको डिजायरको तुलनामा नयाँ डिजायर १२ हजार ६ सय ९० भारु महँगो छ ।
मारुतीको कम्प्याक्ट सेडान डिजायर वागेनआर, स्वीफ्ट, बलेनो र अल्टोपछि नयाँ प्रदूषण मापदण्डमा आउने पाँचो कार बनेको छ । मारुतीले २०२० अप्रिल १ देखि डिजेल इन्जिनको उत्पादन बन्द गर्ने घोषणा यसअघि नै गरि सकेको छ । भारतले सोही समयदेखि बीएस–६ मापदण्ड अनिवार्य कार्यान्वयन गर्दै छ ।
नयाँ डिजायरमा एआइएस–१४५ सेफ्टी नर्मसयुक्त रहेको छ । नयाँ डिजायरको मूल्य ५ लाख ८२ हजार भारुदेखि ९ लाख ५७ हजार भारुसम्म तोकिएको छ । डिजायरमा १.२ लिटर पेट्रोल इन्जिमा आएको छ भने १.३ लिटर डिजेल इन्जिनमा समेग उपलब्ध छ । १.३ लिटर डिजेल इन्जिन भने अर्को बर्षदेखि उत्पादन रोकिनेछ ।


