काठमाडौं । काठमाडौंमा रहेको सबै नदीको हरेक ५ सय मिटरमा पुल निर्माण गरिने भएको छ । २०७६७७ को नीति तथा कार्यक्रम पेश गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर साक्यले यस्तो बताएका हुन् ।
उपत्यका भित्र रहेको बागमती, विष्णुमती,धोबीखोला, सामाखुसी, इच्छुमीलगायत नदीहरुको प्रत्येक ५ सय मिटरमा पुल निर्माण गरिने नीति तथा आर्यक्रममा उल्लेख गरिएको छ ।
नदी तथा खोलाहरुलाई अतिक्रमण मुक्त बनाएर सुन्दर बनाइने योजना महानगरको छ । काठमाडौं महानगर क्षेत्रभित्र रहेका नदीलाई सरसफाइ र संरक्षणको उचित व्यवस्थापन गरी नदीलाई मानव सभ्यता तथा सौन्दर्यतासँग आवद्ध गरिने महानगरको भनाई छ ।
यस्तै ित्रपुरेश्पदेखि टेकुसम्मको बागमति नदीलाई हुतराम बैद्य स्मृति पैदल मार्गको रुपमा विकास गरिने छ भने टेकूदेखि विष्णुमतीसम्मको नदी किनारलाई भगवानदास मानन्धर स्मृति स्थलको रुपमा विकास गरिने योजनामा उल्लेख गरिएको छ ।


