प्रिमियम क्रसओभर एसयूभी ‘Arcfox T1’ मासिक साढे २८ हजार किस्तामै किन्न सकिने

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी बीएआइसीको सब ब्राण्ड आर्कफक्सको प्रिमियम क्रसओभर एसयूभी ‘आर्कफक्स टी वान’ मासिक साढे २८ हजार रुपैयाँ किस्तामै किन्न सकिने भएको छ ।

नेपालका लागि आर्कफक्सको आधिकारिक बिक्रेता लक्ष्मी मोटरहबले नाइमा मोबिलिटी एक्स्पोमा लन्च गरेको आर्कफक्स टी वानको एलभी २ भेरियन्टको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ र एलभी ३ भेरियन्टको ३५ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।

‘भ्यालु फर मनि’ एसयूभीको रूपमा बजारमा आएको आएको आर्कफक्स टी वानको एभी २ भेरियन्ट मासिक साढे २८ हजार र एलभी ३ भेरियन्ट मासिक ३१ हजार रुपैयाँ तिर्ने गरी किन्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार हाल विद्युतीय कार किन्न ६० प्रतिशतसम्म ऋण पाइन्छ भने सुरूमा ४० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्छ ।

सो अनुसार ग्राहकले ३२ लाख ९६ हजार रुपैयाँ मूल्य पर्ने टी वान एलभी २ भेरियन्ट किन्न सुरूमा ४० प्रतिशत अर्थात् १३ लाख १८ हजार ४०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी १९ लाख ७७ हजार ६०० रुपैयाँ बैंकबाट कर्जा पाउने छन् ।

हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर इतिहासकै सस्तो छ । ग्राहकले सहजै ५र५.५० प्रतिशत ब्याजदरमा कर्जा पाउने अवस्था छ । यस्तोमा ५.५ प्रतिशत ब्याजदरका आधारमा हिसाब गर्दा आर्कफक्स् टी वानको बेस भेरियन्ट मासिक २८ हजार ४१८ रुपैयाँ किस्ता तिर्ने गरी किन्न सकिन्छ । यो किस्ता ७ वर्ष कर्जा अवधिका आधारमा हिसाब गरिएको हो । सोभन्दा कम अवधिका लागि कर्जा लिने हो भने किस्ता रकम केही बढी पर्न जान्छ ।

त्यस्तै, आर्कफक्स टी वानको एलभी ३ भेरियन्ट किन्न हो भने सुरूमा १४ लाख ३८ हजार ४०० रुपैयाँ किस्ता बुझाउनुपर्छ । बाँकी २१ लाख ५७ हजार ६०० रुपैयाँ कर्जा पाइन्छ । जसको मासिक किस्ता ३१ हजार रुपैयाँ पर्न आउँछ । यहाँ आर्कफक्स टी वानको माथिल्लो र तल्लो भेरियन्ट किन्दा मासिक किस्ता साढे २ हजार फरक पर्न आउँछ ।

नेपालमा आर्कफक्स टी वान विभिन्न ५ कलर अप्सनमा उपलब्ध छ ।

यस्तो आर्कफक्स टी वान

आर्कफक्स टी वान आधुनिक, प्रिमियम र फिचरलोडेड क्रसओभर एसयूभी हो । यसको अगाडिको भागमा डिजिटल स्टाररी आई एर्लडी हेडलाइट र बन्द ग्रिल दिइएको छ । जसले यसलाई आधुनिक ईभी लुक दिन्छ ।

यसको साइडमा सेमी हिडन डोर ह्याण्डल, १८ इन्चको स्पोर्टी अलोय ह्वील छ भने पछािड लगातार जोडिएको इन्टरएक्टिभ एलईडी लाइट बार प्रयोग गरिएको छ।

आर्कफक्स टी वानको लम्बाइ ४३३७ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७३ एमएम रहेको छ । यसमा २७५० एमएम लामो ह्वील बेस पाउन सकिन्छ ।

आर्कफक्स टी वानमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले १७० न्युटन मिटर टर्क प्रदान गर्छ । १८१ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यो गाडीको टप स्पीड क्षमता प्रतिघण्टा १४० किलोमिटर छ ।

यसमा ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले एकपटकको फुलचार्जमा ३१० किमी डब्लूएलटीपी रेन्ज दिन्छ । यो कारलाई डीसी फास्ट चार्जिङबाट केबल २५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसलाई ७ किलोवाटको एसी चार्जरबाट ८ घण्टामा फुलचार्ज गर्न सकिन्छ ।

यसको क्याबिन निकै आकर्षक र फिचर लोडेड छ । यसमा १५.६ इन्चको एचडी चटस्क्रीन, ६ स्पीकर सिस्टम, भ्वाइस कन्ट्रोल, इजिलिंक, एप्पल कार प्ले, अगाडि ६६ वाटको सुपर चार्जर, पछाडि २७ वाटको यूएसबी टाइप सी चार्जिङ पोर्ट, हिटेडरभेन्टिलेटेड सिट छ ।

यसमा इकोनोमी, स्पोर्टस्, कम्फर्ट र पर्सनलाइज्ड गरी ४ ड्राइभिङ मोड उपलब्ध छ ।

सुरक्षाका लागि यसमा क्रुज कन्ट्रोल, अटोमेटिक पार्किङ, लेन डिपार्चर वार्निङसहित विभिन्न सुविधा भएको एडास फिचर छ । साथै, इलेक्ट्रोनिक पार्किङ ब्रेक, सिटबेल्ट रिमान्डर, एबीएस, ईबीडी, ईएसपी, ४ वटा एयरब्याग, हिल कन्ट्रोल, फ्रन्टररियर पार्किङ सेन्सर, रिभर्स पाथ ट्रेस लगायत सेफ्टि फिचर छन् ।


Back_to_top