सार्वजनिक भयो एमजी हेक्टर, सुरुवाती मूल्य १२ लाख १८ हजार भारु

निक्कै चर्चामा रहेको एमजीको भारत निर्मित एसयूभी हेक्टर सार्वजनिक भएको छ । कनेक्टेड कारका रुपमा हेक्टरले सार्वजनिक हुनु अघि नै आफ्नो परिचय बनाएको छ । 

भारतमा एमजी हेक्टरले जीप कम्पास, टाटा ह्यारियर तथा किया सेल्टोससंग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने छ । एमजी हेक्टर १.५ लिट टर्बोचाज्र्ड पेट्रोल, १.५ लिटर टर्बोचाज्र्ड पेट्रोलमा सेगमेन्टमै पहिलो ४८भी  हाइब्रिड र २.० लिटर डिजेल इन्जिनमा उपलब्ध छ । 

४ वटा भेरियन्ट स्टाइल, सुपर, स्मार्ट र सार्पमा रहेको हेक्टर ११ कन्फिगरेसनमा उपलब्ध रहेको छ । हाइब्रिड पेट्रोल इन्जिन र डिजेल इन्जिनमा ६ स्पीड म्यानुअल र पेट्रोल भर्सनमा ६ स्पीड डूअल–क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ । 

हेक्टरले अघिकतम १७० पीएस पावर र ३५० एनएम टर्क दिन्छ । त्यस्तै हेक्टरले १७.४१ किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । 

एमजी हेक्टर पेट्रोल भेरियन्टको सुरुवाती मूल्य १२ लाख १८ हजार भारुदेखि १६ लाख ७८ हजार भारुसम्म रहेको छ । त्यस्तै हाइब्रिड भर्सनको मूल्य १३ लाख ५८ हजार र १४ लाख ६८ हजार भारु रहेको छ । 

हेक्टर डिजेल भर्सनको मूल्य १३ लाख १८ हजारदेखि १६ लाख ८८ हजार भारु तोकिएको छ । 


Back_to_top