बीवाइडीले ६ महिनामै बनायो १० हजार फ्ल्याश चार्जिङ स्टेसन

काठमाडौं । श्विकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले चीनभर आफ्ना १० हजार वटा फ्ल्याश चार्जिङ स्टेसनहरू निर्माण गरेको छ ।

कम्पनीले आज चीनको शेन्जेन लङहुआमा १०,००० औँ फ्ल्याश चार्जिङ फ्ल्यागसिप स्टेसनको उद्घाटन गरेको हो ।

सन् २०२६ मार्च ५ मा आफ्नो फ्यास चार्जिङ लन्च गरेको बीवाडीले ६ महिनामै १० वटा विस्तार गरेको हो । कम्पनीका अनुसार चीनका ३२५ सहरहरूमा फ्यास चार्जिङ निर्माण गरिएको छ । कम्पनीले फ्यास चार्जिङमा अहिलेसम्म कुल २१ करोड किलोवाट आवर बिजुली प्रवाह गरिसकेको छ ।

बीवाइडीका कार्यकारी उपाध्यक्ष हे झिकीका अनुसार गत मार्च ५ मा कम्पनीले नयाँ फ्ल्याश चार्जिङ प्रविधि घोषणा गरेको ६ महिनाभन्दा कम समयमै १०,००० स्टेसनको कोसेढुङ्गा पार गरेको हो। यस अवधिमा दैनिक औसत ५५ वटा स्टेसन स्थापना भएका थिए ।

बीवाइडीले टुरपान र सगरमाथाको आधार शिविर नजिकै पनि आफ्ना स्टेसनहरू रहेको उल्लेख गरेको छ। यस नेटवर्कमा सिनोपेक, पेट्रोचाइना, सिनेक, अलिपे, अटोनेभी र युकार जस्ता साझेदारहरू सामेल छन् । यद्यपि, बीवाइडीले कुन साझेदारसँग कति स्टेसन जोडिएका छन् भन्ने विवरण सार्वजनिक गरेको छैन।

बीवाइडीका अनुसार उसको फ्ल्याश चार्जिङ नेटवर्कमा १८ लाख ३० हजारभन्दा बढी प्रयोगकर्ता दर्ता भएका छन् । जसमध्ये करिब एकतिहाई अन्य ब्राण्डका गाडी प्रयोगकर्ता छन्।

बीवाइडीले अहिलेसम्म कति पटक गाडी चार्ज गरियो र प्रति चार्जिङ औसत कति बिजुली खपत भयो भन्ने विवरण भने खुलाएको छैन।

तीव्र गतिमा फ्यास चार्जिङ विस्तार गरिरहेको बीवाइडीले सन् २०२६ भित्रै चीन भित्र २० हजार स्टेसन पुर्याउने लक्ष्य राखेको छ । हालसम्म ५० प्रतिशत लक्ष्य प्राप्त भइसको छ भने अब ४ महिनामा आधा काम गर्नुपर्नेछ । लक्ष्य भेटाउन कम्पनीले अब दैनिक औसत ८० वटाका दरले थप १०,००० स्टेसन निर्माण गर्नुपर्ने हुन्छ।

बीवाइडीले विदेशमा पनि ६,००० वटा फ्ल्याश चार्जिङ स्टेसन स्थापना गर्ने योजना बनाएको छ । जसमध्ये ३,००० वटा युरोपमा हुनेछन्। युरोपका फ्ल्याश चार्जिङ स्टेसनहरूमा सीसीए२ चार्जिङ स्ट्यान्डर प्रयोग हुनेछ, जबकि चीनमा जीबीटी प्रयोग हुन्छ ।

बीवाडीको नयाँ पुस्ताको फ्ल्याश चार्जरले एउटै कनेक्टरबाट १५०० किलोवाटसम्म पावर दिन सक्छ । दोस्रो पुस्ताको ब्लेड ब्याट्रीसँग जोड्दा यो प्रणालीले गाडीको ब्याट्रीलाई ९ मिनेटमै १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न सक्ने बीवाइडीको दाबी छ ।


Back_to_top