काठमाडौं । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शनिबार (भदौ २७ गते, सेप्टेम्बर १२) हुन्डाई टोटल कियर आयोजना गर्ने भएको छ । कम्पनीले काठमाडौंको नक्सालस्थित हुन्डाई शोरुममा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
कम्पनीले ‘पूर्ण हेरचाह, विश्वसनीय सेवा’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको उक्त कार्यक्रम शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।
यस कार्यक्रम अन्तर्गत हुन्डाईका सवारीधनीहरूले आफ्नो सवारी साधनको उचित मर्मतसम्भार र हेरचाहको लागि ल्याउँदा विशेष छुट पनि पाउने छन् । कम्पनीका अनुसार गाडीको समग्र अवस्था थाहा पाउन निःशुल्क भेहिकल चेकअपको सुविधा उपलब्ध हुनेछ ।
त्यसैगरी, निःशुल्क तथा विशेष छुटसहितका सर्भिस कुपनहरू दिइने छ । नयाँ गाडीको टेस्ट ड्राइभ पनि गर्न पाइने छ । जहाँ सहभागिहरूलाई आकर्षक उपहार पनि उपलब्ध हुनेछ ।
यसलाई एउटा उत्सवकै रूपमा कम्पनीले मनाउन खोजेकाले फुड स्टलहरू पनि रहने छन् । उक्त स्टलमा निःशुल्क खाना पायने छ । साथै, मनोरन्जनको लागि विभिन्न गतिविधि पनि संतालन हुनेछन् ।
हुन्डाईले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई उक्त दिन नक्साल शोरुममा आएर निःशुल्क गाडी जाँच गराउनका साथै कम्पनीले दिएका अफरको लाभ लिन अनुरोध गरेको छ ।


