काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिकामा लेदो माटोसहितको पहिरो खसेर अवरुद्ध वीपी राजमार्ग एकतर्फी रुपमा खुल्ला भएको छ ।
गएरातिदेखि बाटो अवरुद्ध भएकोमा डोजरले माटो पन्छाएपछि बिहानपख बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बाटो बन्द हुँदा काठमाडौंतर्फबाट जाने गाडीलाई काभ्रेमा र पूर्वतर्फबाट आउने गाडीलाई सिन्धुलीमा रोकिएको थियो ।
एकतर्फी बाटो खुलेपछि गाडीहरु पालैपालो गन्तव्यमा जान थालेका छन् । क्रसरको लेदो माटो खस्दा बाटो बन्द हुने र डोजरको सहायताले खुलाउने गरिएको प्रहरीले जनाएको छ ।
असारको अन्तिम साताबाट भएको वर्षले बिभिन्न राजमार्गहरु अवरुद्ध हुँदै आएका छन् ।

