काठमाडौं । काठमडौंको भृकुटीमण्डमा आजदेखि टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ सुरू भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले उक्त एक्सचेन्ज मेला आयोजना गरेको हो ।
कम्पनीका अनुसार उक्त महा एक्सचेन्ज मेला ७ दिन अर्थात् आगामी कात्तिक १८ गतेसम्म संचालन हुनेछ । यस मेलामा ग्राहकहरूले आफ्ना पुराना दुईपाङ्ग्रे सवारी साधनसँग टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरमा साट्ने अवसर पाउने छन् । साथै, विभिन्न आकर्षक अफर र सुविधाहरू पाउने कम्पनीले जनाएको छ ।
यस मेलाले ग्राहकहरूलाई सहज, किफायती र लाभदायक एक्सचेन्ज अनुभव प्रदान गर्ने कम्पनीले लक्ष्य राखेको छ।
मेलाको प्रमुख आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक, गोल्ड की र १० लाख रुपैयाँसम्मको नगद छुट मध्ये एक विकल्प रोज्ने अवसर पाउने छन् । साथै, मेलालाई थप रोमाञ्चक बनाउन हरेक दिन दुई जना भाग्यशाली विजेताले ५ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन् ।

मेलामा ५० बढी भ्यालुएटरहरूको व्यवस्था गरिएको छ । यसबाट ग्राहकहरूले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको उत्कृष्ट एक्सचेन्ज मूल्य प्राप्त गर्दै नयाँ टीभीएस सवारीसाधनमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्।
त्यसैगरी, ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मेलामा नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया समेत उपलब्ध गराइनेछ। आवश्यक योग्यता तथा वित्तीय संस्थाका सर्तहरूको अधीनमा रहने यस सुविधाले नयाँ सवारी साधन खरिद प्रक्रियालाई थप सरल बनाउने विश्वास कम्पनीले लिएको छ।

