काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का क्यूजे मोटरको नेपालका लागि ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।
नेपालमा क्यूजे मोटरको आधिकारिक वितरक ह्याम्स मोटर्स प्रालिले आज आयोजित एक कार्यक्रमका बीच खड्कालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
ब्राण्ड एम्बेसडर नियुक्तिसम्बन्धी सम्झौतामा आज आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको छ । क्यूजे मोटरले नेपाली बजारमा आफ्नो ब्राण्डको पहिचान र विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित खड्कालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिएका खड्का नेपाली खेलकुद क्षेत्रका लोकप्रिय व्यक्तित्व हुन् । उनको लोकप्रियताले नेपाली बजारमा क्यूजे मोटरको ब्राण्ड पहिचान विस्तार गर्न सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
क्यूजे मोटरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्स क्रिकेट क्लबसँग पनि सहकार्य गरेको छ । क्रिकेटसँगको सहकार्य र पारस खड्काको ब्राण्ड एम्बेसडर नियुक्तिले क्यूजे मोटरको नेपाली बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीतिलाई संकेत गर्छ ।
क्यूजे मोटरले यसै दसैंमा नेपाली बजारमा प्रवेश गरेको हो । ह्याम्स मोटर्समार्फत नेपालमा बिक्री सुरु गरेको कम्पनीले विभिन्न स्कुटर तथा मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।
दुईपांग्रे सवारीसाधनको नेपाली बजारमा प्रतिस्पर्धा बढिरहेका बेला क्यूजे मोटरले ब्राण्ड प्रवर्द्धन, खेलकुदसँगको सहकार्य र उत्पादन विस्तारलाई प्राथमिकतामा राखेको देखिन्छ ।

