काठमाडौं । टाटा सिएरा ईभीले यात्रुको सुरक्षामा अब्बल रेटिङ पाएको छ । सिएरा ईभीले भारत एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएको हो ।
सिएराले वयस्क यात्रु सुरक्षा र बाल यात्रु सुरक्षा दुवैमा फाइभ स्टार रेटिङ पाएको हो ।
वयस्क यात्रु सुरक्षा क्र्यास टेस्टमा टाटा सिएरा ईभीले ३२ अंकमध्ये ३०.६२ अंक प्राप्त गरेको छ । यद्यपि, टाटा सिएराको आइस भर्सनले वयस्क यात्रु क्र्यास टेस्टमा ३१.१४ अंक पाएको थियो ।
वयस्क यात्रु सुरक्षामा सिएरा ईभीले फ्रन्टल अफ सेट डिफर्मेबल ब्यारियर परीक्षणमा १६ मध्ये १४.६२ अंक र साइड मुभेबल डिफर्मेबल ब्यारियर परीक्षणमा १६ मध्ये १६ अंक पाएको छ । सिएरा ईभी एआईएस–१०० मापदण्ड अनुसार पैदल यात्रु सुरक्षा नियमहरूसँग पनि अनुकूल छ ।
त्यस्तै, सिएरा ईभीले बाल यात्रु सुरक्षामा टाटा कुल ४९ मध्ये ४५ अंक प्राप्त भएको छ । जसमा डाइनामिक स्कोरमा २४ मध्ये २४ अंक, सीआरएस इन्स्टलेसन स्कोरमा १२ मध्ये १२ अंक र सवारी साधन मूल्यांकन स्कोरमा १३ मध्ये ९ अंक पाएको हो ।
टाटा सिएरा ईभीको क्र्यास टेस्ट ‘इम्पावर्ड एडब्लूडी ए ७५ एसीएफसी’ भेरियन्टमा गरिएको थियो । यो फाइभ स्टार रेटिङ अन्य रियर ह्वील भेरियन्टहहरू प्योर ६३, प्योर एस ६३, एडभेन्चर ६३, एडभेन्चर ७५, इम्पावर्ड ६३, इम्पावर्ड ७५ इम्पावर्ड ए ७५ का साथै इम्पावर्ड ए ७५ एडब्लूडी ९यी सबैका एसीएफसी भेरियन्टहरूमा पनि लागू हुनेछ ।

