काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसानका पूर्व अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्लोस घोस्न पक्राउ परेको ८ वर्ष पूरा भएको छ । सन् २०१८ नोभेम्बर १९ मा जापानमा पक्राउ परेका घोस्न त्यसको करिब एक वर्षपछि सन् २०१९ मा नाटकीय ढंगले जापान छाडेर भागेका थिए ।
लेबनानबाट जापान फर्कने क्रममा पक्राउ परेका घोस्नले जापानबाट भाग्नका लागि आफूलाई अडियो उपकरण राख्ने बाकसभित्र लुकाएका थिए । जसरी उनि जेलबाट फरार भएका थिए, त्यो घटनाले विश्व अटोमोबाइल उद्योग र अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा ठूलो चर्चा पाएको थियो ।
घोस्न निसानको नेतृत्वमा रहँदा कम्पनीले विश्व अटोमोबाइल बजारमा केही महत्वपूर्ण मोडल सार्वजनिक गरेको थियो । उनको कार्यकालमा सन् २००७ मा सार्वजनिक भएको निसान जीटी-आर (आर३५) अमेरिकी बजारमा प्रवेश गरेको थियो । ६९ हजार ८५० अमेरिकी डलर सुरुवाती मूल्य राखिएको यो कारले जापानी उच्च प्रदर्शनयुक्त स्पोट्र्स कारलाई अमेरिकी ग्राहकसम्म पु¥याएको थियो ।
त्यस्तै, सन् २००२ मा ३५०जेड सार्वजनिक गर्दै निसानले आफ्नो चर्चित जेड सिरिजलाई पुनर्जीवित गरेको थियो । सन् २००९ मा यसको परिमार्जित संस्करण ३७०जेड बजारमा आएको थियो । निसान जुकमा जीटी-आरको इन्जिन प्रयोग गरेर विशेष संस्करणसमेत तयार गरेको थियो ।
विद्युतीय सवारीको विकासमा पनि घोस्नको महत्वपूर्ण भूमिका थियो । सन् २००९ अगस्ट १ मा सार्वजनिक भएको निसान लिफलाई विश्वकै पहिलो आम उपभोक्ता लक्षित विद्युतीय कारका रूपमा पहिचान निर्माण गरेको थियो ।
उनको कार्यकालको अर्को फरक उत्पादन निसान मुरानो क्रसक्याब्रियोलेट थियो । सन् २०११ देखि २०१४ सम्म उत्पादन भएको यो मोडल फेब्रिकको छत भएको अल ह्विल ड्राइभ कन्भर्टिबल क्रसओभर थियो ।
घोस्नको नेतृत्वमा निसानले महत्वपूर्ण उत्पादनहरू बजारमा ल्याए पनि लागत कटौती, कम्पनीको बिक्री रणनीति र व्यवस्थापनसम्बन्धी विवाद उनको कार्यकालसँग जोडिएका विषय हुन् ।
जब ८ वर्षअघि कार्लोस निसानबाट विदा भए । त्योसँगै निसानको ओरालो दिन सुरु भएको देखिन्छ । अहिले कम्पनीले गुणस्तरमा सुधार गरेको बताइएपनि उत्पादन र बिक्रीमै ठूलो दवाव खेपीरहेको छ ।
निसानको खस्कदो बजारबाट पुनः लयमा फर्कन ठूलो उथलपुथलको जरुरी रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । तर, जापानी कम्पनीमा त्यो हिसाबको जोखिममोल्ने मानिस देखिएको छैन ।

