नाडाको सदस्यलाई भीसीटीएस सम्बन्धि तालिम

विश्व भन्सार दिवसको अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा भिसिटिइस तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले उपस्थित सबैलाई स्वागत गर्दै भन्सार, भिसिटिएस तथा कर सम्बन्धमा व्यवसायीहरुमा धेरै अन्योलता रहेकोले त्यसको समाधानको लागि सम्बन्धित विभागहरुबाट नै सहयोग लिई यो प्रशिक्षण कार्यक्रम गर्न लागेको र यो कार्यक्रमबाट व्यवसायीहरुले अधिकतम रुपमा लाभ लिन सक्ने विश्वास समेत व्यक्त गरे ।

उक्त कार्यक्रममा महानिर्देशक दाहालले भने मानिसहरु भन्सारसँग अझै पनि साक्षात्कार हुन सकेको छैन । मालवस्तुहरुको सहि मूल्य घोषणा व्यवसायस्हरुले नै गर्ने हो । भन्सार प्रणाली र कर प्रणाली व्यवसायीहरु मै निहित छ । विश्वास निर्माण धेरै गाह्रो विषय हो । आज भन्सार क्यास लेश भइसकेको छ । बैंक सबै तिर उपलब्ध छ । अब भन्सार विभागले डिजिटल प्रणाली लागु गर्दैछ । त्यसैगरी, अहिले विभागले आशिकुडा वल्र्ड पनि लागु गर्दै लगेको छ । सोहि क्रममा उहाले डुईङ्ग विजनेशको स्तर नेपाल, भारत भन्दा अगाडि रहेको छ । अहिले विभाग पेपरलेश भइसकको छ भने अव नो पेपर तर्फ विभाग जादैँ छ । नेपालका प्रमुख भन्सार कार्यालयहरु अहिले आई सि पि तर्फ जादैछ । व्यवसायीहरुले भन्सार सम्बन्धी सुचना वा जानकारीहरु ईमेल तथा टोल फ्रि मार्फत लिन सकिने व्यवस्था गरेकोसमेत जानकारी दिए ।

नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे छ । उक्त तालिम कार्यक्रममा नाडाका कूल ८१ सदस्य फर्म-कम्पनीहरुले आफनो सहभागिता जनाएका छन् । उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजश्व विभागका शाखा अधिकृत राजु प्याकुरेल, र चार्टड एकाउन्टेन साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो तेश्रो भएको नाडाले जनाएको छ । खाशगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्ट्रिगतगरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ ।


Back_to_top