बिर्तामोडमा टाटा मोटर्सको कार मेला शुरु

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्र्रेडिङ्ग र बिर्तामोडकाे सिप्रदी ट्र्रेडिङ्गलको आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स प्रालीको सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला शुभारम्भ भएको छ ।

कार मेला बिर्तामोड स्थित अलस्का अटोमोबाईल्स, टाटा शोरुममा बिहान एघार बजे देखि साँझ सात बजे सम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् ।

यस मेलामा ग्राहकहरुले अन दि स्पोर्ट् फाइनान्सीङ्गका साथ, टेस्ट ड्राइभको व्यवस्था, फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग साथै स्वादिष्ट परिकारहरुको साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्चेन्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने कम्पनीले जनाएको छ ।


Back_to_top