सांसदको प्रधानमन्त्रीलाई आग्रह, स्कुटर चढेर हेर्नुस् मास्क लगाउन पर्छ कि पर्दैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि काठमाडौं उपत्यकामा अब कसैलेपनि मास्क लगाएको देखिदैन भन्दै मास्क लगाएर हिड्ने दिन गएको बताएका थिए । 

आज विकास समितिमा छलफलमा भागलिदै सांसद रङमती शाहीले प्रधानमन्त्रीलाई आफ्नो स्कुटीमा बसेर सिंहदरवारदेखि बनस्थलीसम्म जाँन आग्रह गरेकी छिन् ।

‘प्रधानमन्त्री ज्यूले काठमाडौंमा धुलो मुक्त भयो भन्नु भएको छ, एकपटक स्कुटरमा यात्रा गरेर हेर्नुस् मास्क लगाउन पर्छ कि पर्दैन’ शाहीले भनिन् ।

उनले सरकारले कामभन्दा बढी प्रचारमा आफुलाई केन्द्रित गरेको बताउँदै साँच्चै धुलोमुक्त काठमाडौं बनाउन काम गर्न आग्रह गरिन् । 


Back_to_top