चार्जिङ स्टेसन निर्माण गर्न लाइसेन्स लिनुपर्ने

काठमाडौं । विद्युतीय चार्जिङ स्टेसनका लागि समेत पेट्रोल पम्पले झै लाइसेन्स  लिनु पर्ने भएको छ । आज विकास समितिको कार्याक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले चार्जिङ स्टेसन सञ्चालनका लागि सम्बनधीत निकायले लाइसेन्स लिनुपर्ने बताएका हुन् । 

हाल पेट्रोलियम पदार्थकाे लागि पम्प खुले सरह विद्युतीय सवारीका लागि चार्जिङ स्टेशसन आवश्यक पर्ने भएको भन्दै उनले यस्तो बताएका हुन् । 

‘चार्जिङ स्टेसन भनेको पेट्रोल पम्प जस्तै हो, पेट्रोल पम्प सञ्चालन गर्न लाइसेन्स चाहिए जस्तै चार्जिङ स्टेसनका लागि समेत लाइसेन्स लिनुपर्ने हुन्छ,’ मन्त्री महासेठले भने । 

उनले विद्युतीय चार्जिङ स्टेसन आफ्नो मन्त्रालय भित्र नपरेको भन्दै त्यसमा आफुले केही गर्न नसकेको बताए । आफुले विद्युतीय बस सञ्चालनका लागि बटो खुल्ला गरेको दाबी गरे । 

‘विद्युतीय बस चलाउनुस हामीले रोकेको छैनौँ कसैले रोक्यो भने भन्नुस तर, चार्जिङ स्टेसन निर्माण हाम्रो विद्यामा पर्दैन्’ महासेठले भने । 


Back_to_top