२ लाख डाउन पेमेन्टमै १० लाख ७५ हजारको मोटरसाइकल

काठमाडौं । अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकल २ लाख रुपैयाँ डाउन पेमेन्ट गरेरै किन्न सकिने भएको छ ।

१० लाख ७५ हजार रुपैयाँ मूल्य निर्धारण गरेर केडिया इन्टरनेशनलले बिक्री थालेको अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकलमा अब २ लाख मात्रै डाउन पेमेन्ट गरेर किन्न सकिने भएको हो ।

कम्पनीले यसका अलावा फाइनान्स किन्ने ग्राहकलाई ब्याजै नलाग्ने स्कीम उपलब्ध गराएको छ भने, एक्सचेन्जमा गर्दा १ लाख रुपैयाँसम्म बोनस दिने कम्पनीले जनाएको छ ।

२ लाख रुपैयाँ मात्रै डाउन पेमेन्ट गरेर अल्ट्राभोइलेट एफ ७७ किन्न पश्चात् ५ लाख रुपैयाँ तीन वर्षसम्मको किस्तामा तिर्न सकिन्छ भने, बाँकी ३ लाख ७५ हजार रुपैयाँ ६ महिना भित्रमा नगद बुझाउनु पर्ने हुन्छ । १ वर्षको किस्तामा तिर्दा शून्य प्रतिशत ब्याजदर, २ वर्षमा ५.९९ प्रतिशत र ३ वर्षमा ६.९९ प्रतिशतमै कर्जा पाइन्छ ।

यस्तो छ अल्ट्राभोइलेटले एफ ७७ मोटरसाइकल

यसमा १०.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसलाई सामान्य चार्जरबाट ४ घण्टामा र फास्ट चार्जरबाट एक घण्टा ५० मिनेटमा फुलचार्ज गर्न सकिन्छ । यसले एक पटकको फुलचार्जमा ३०७ किलोमिटर रेन्ज दिने कम्पनीले बताएको छ ।

अल्ट्राभोइलेट एफ ७७ मोटरसाइकलमा निकै पावरफुल ३० किलोवाट पीक पावर भएको पर्मानेन्ट म्याग्नेट एयर कुल्ड मोटर छ । यसको टप स्पीड प्रतिघण्टा १४७ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । मोटरसाइकलमा इको, स्पोर्ट र इन्सेनगरी तीन राइडिङ मोड, रिभर्स मोड, लक डाउन मोड पाउन सकिन्छ ।

स्टील ट्रेलिस आल्मुनियम बल्क हेड फ्रेम र एफ सिरिज जेट इन्स्पायर डिजाइनमा तयार भएको अल्ट्राभोइलेट मोटरसाइकलमा ५ इन्चको टीएफटी डिस्प्ले, कनेक्टिभिटी सिस्टम, पुरा एलइडी लाइट सेटअप र डिलारएल दिइएको छ ।

साथै ब्याट्री सेफ्टि म्यानेजमेन्ट सिस्टम, फोर लेभलको ट्रयाक्सन कन्ट्रोल, राइड बाइ वायर, डिल होल्ड, पार्क असिस्ट, क्रयास सेन्सर, युएसडी टेलिस्कोपिक फर्क र मोनोसक सस्पेन्सन, डबल च्यानल एबीएस, अलोय ह्वील र साइड स्ट्यान्ड सेन्सर लगाएतका अन्य एड्भान्स फिचरहरु रहेका छन् ।


Back_to_top