साझाका २० नयाँ बस भोलीबाट यी रुटमा गुड्दै छन्

काठमाडौं । साझा यातायातले ल्याएका २० नयाँ बस भोली अर्थात असार १६ बाट सञ्चालनमा आउने भएको छ । साझा यातायातले आफ्नो २० वटा सिटी बस एक साथ सञ्चालनमा ल्याउन लागेको हो । 

साझाले यूरो ४ मापदण्डका यी बसका लागि रुट परमिट समेत पाइसकेको साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधारले जानकारी दिए । उनका अनुसार साझाका नयाँ २० वटा बस मध्ये ६ वटा बस नयाँ बसपार्क– बालाजुचोक–बनस्थिली–स्वयम्भु–कलंकी–त्रिपुरेश्वर–रत्नपार्क–नयाबानेश्वर–कोटेश्वर–जडिबुटी–पेप्सीकोला–पुरानो ठिमी–भक्तपुर व्यासी–कमल विनायक –च्यामासिङ–जगाते हुदै सुर्यविनायक रुट हुँदै गुड्ने छन् । त्यही रुट भएर फर्किने छ । 

ती बाहेक ६ वटा बस नयाँ बसपार्कदेखि  पाथि उल्लेखित रुट हुँदै जडिबुटीबाट कौशलटार–राधेराधे –कटुङ्जे चोक–सुर्यविनायक च्यामासिङ–कमल विनायक रुटमा सञ्चालन हुने छन् । 

अन्य ८ वटा बस नयाँ बसपार्क–बसुन्धारा–नारायणगोपाल चोक–चण्डोल–सुकेधारा–चाबहिल–गौशाला–एयपोर्ट सिनामंगल– नयँ बानेश्वर–थापाथली–कुपण्डोल–जावलाखेल–लगनखेल रुट हुदै सञ्चालन हुने छन् । 

२० वटा नयाँ बस सहित अब साझाको बसको संखया ७१ पुग्ने छ भने चाडै साझाले विद्युतीय बस समेत ल्याउने योजना बनाएको तुलाधारले जानकारी दिए । 

हाल साझाले आफ्नो बसमा कार्ड मार्फत भाडा तिर्न मिल्ने व्यवस्था समेत सुरु गरिसकेको छ ।  


Back_to_top