२० हजार नगद छुटमा जम्बो ब्राभो स्कुटर, २ घण्टामा फुलचार्ज हुने

काठमाडौं । जम्बो इलेक्ट्रीकले स्कुटरमा नगद छुटको स्कीम ल्याइएको छ । कम्पनील जम्बो इलेक्ट्रीक स्कुटर तथा क्यापाचिनो इलेक्ट्रीक स्कुटरमा नगद २० हजार छुटको स्कीम ल्याएको हो ।

जम्बो तथा क्यपाचिनो इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता जम्बो मोटर्सले भ्यालेन्टाइनको अवसर ल्याएको यो स्कीमको समय अझै केही समयका लागि थप गरेको हो ।

जम्बो मोटर्सका अनुसार यो स्कीममा ग्राहकले जम्बो ब्राभो इलेक्ट्रीक स्कुटर तथा क्पाचिनो एस इलेक्ट्रीक स्कुटर किन्दा २० हजार रुपैयाँ छुट पाउने छन् ।

जम्बो ब्राभोमा ३ किलोवाटको मोटर जडान गरिएको छ । यसमा कम्पनीले दुई भेरियन्टको ब्याट्री अप्सन दिएको छ । यसमा २० एम्पीयर ७२ भोल्ट र ४० एम्पीयर ७२ भोल्टको ब्याट्री पाउन सकिन्छ ।

यी दुवै भेरियन्टमा डबल ब्याट्री अप्सन उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा २१ हजार ७०० सेलको एड्भान्स ब्याट्री रहेको छ । यो स्कुटरलाई २ घन्टामा फुलचार्ज गर्न सकिन्छ ।

कम्पनीले यसमा फास्ट चार्जर उपलब्ध गराउने जानकारी दिएको छ । यसमा रहेको ब्याट्रीलाई फुलचार्जमा भेरियन्ट अनुसार १२० किलोमिटरदेखि २४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

त्यस्तै, अर्को इलेक्ट्रीक स्कुटर क्यापाचिनो एसले एकपटक फुलचार्जमा १४० किलोमिटरसम्म रेन्ज दिन्छ । क्यापाचिनो एसमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री दिइएको छ । यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

क्यापाचिनोमा २८ लिटर क्षमताको ठूलो बु्ट स्पेश रहेको छ । त्यस्तै, यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले रहेको छ भने, की लेस स्टार्ट, एलईडी लाइट्स, डबल डिस्क ब्रेक, सीबीसी ब्रेकिङ जस्ता फिचर पाउन सकिन्छ ।

कम्पनीले क्यापाचिनो एसको मूल्य ४ लाख २९ हजार रुपैयाँ र जम्बो ब्राभोको मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top