ईयु राष्ट्रमा सन् २०३५ देखि इलेक्ट्रीक गाडी मात्र विक्री हुने

युरोपेली संंसदले मंगलबार एक कानून पारित गर्दै पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ईयुले औपचारिक रुपमा सन् २०३५ देखि कम्बस्चन इन्जिन सवारीको बिक्रीमा प्रतिबन्ध लगाउने कानून अनुमोदन गरेको छ।

गत २०२२ जुन ८ मा युरोपको ससंदले २०३५ पछि युराेपियन युनियनका राष्टमा जैविक इन्धनबाट सञ्चालन हुने सबै सवारी साधन बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। संसदको बहुमतले यो निर्णय पारित गरेको हो।

यसको पक्षमा ३४० भोट, विपक्षमा २७९ भोट, र २१ अनुपस्थिति भएका थिए । यो कानूनले ईयुको जलवायु लक्ष्यहरू अनुरूप नयाँ कार र भ्यानहरूको लागि नयाँ पर्फमेन्स स्ट्यान्डर्डमा जोड दिनेछ।

नयाँ ईयु कानून अनुसार सन् २०३५ सम्म सबै कार निर्माताहरूले नयाँ कारहरूको लागि कार्बन डाईअक्साइड उत्सर्जनमा १०० प्रतिशत कटौती हासिल गर्न आवश्यक छ। अब ईयुका २७ सदस्य देशमा २०३५ पछि नयाँ ग्यास वा पेट्रोल–इन्धनमा आधारित कार तथा भ्यान बिक्री गर्न पाइने छैन।


Back_to_top