काठमाडौं । बजाजका मोटरसाइकलहरूको मूल्य वृद्धि भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले पल्सर एन सिरिज र डोमिनार बीएस ६ सिरिजको मूल्य बढाएको हो ।
बजाज पल्सर एन १६० र एन २५० तथा डोमिनार २५० र ४०० बीएस ६ भर्सनको मूल्य बढेको हो । कम्पनीले न्यूनतम ५ हजारदेखि अधिकतम १० हजारसम्म मूल्य बढाएको छ ।
कम्पनीले सबैभन्दा धेरै बजाज डोमिनार ४०० बीएस ६ भर्सनमा १० हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो भने अन्य तीन मोडलमा ५ हजार रुपैयाँ बढाएको छ ।
यसअघि ६ लाख ४४ हजार ९०० रुपैयाँमा विक्री भइरहेको बजाज डोमिनार ४०० को बीएस ६ भर्सन १० हजारले मूल्य वृद्धि भएर ६ लाख ५४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार एन १६०/२५० र डोमिनार २५० बीएस ६ भर्सनमा ५ हजारका दरले मूल्य वृद्धि भएर क्रमशः ३ लाख ८३ हजार ९००, ४ लाख ९४ हजार ९०० र ५ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
बजाजले अन्य मोडलका मूल्य भने यथावत राखेको छ । हंशराज हुलाशचन्द एण्ड कम्पनीले २० मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ ।