केटीएम आरसी २०० को नयाँ भर्सन नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले केटीएमको नयाँ मोटरसाईकल सार्वजनिक गरेको छ । कम्पनीले २०२२ मोडल केटीएम आरसी २०० सार्वजनिक गरेको हो ।

कम्पनीले केही दिन अघिदेखी आरसी २०० को बुकिङ लिन सुरु गरेको थियो ।

२०२२ केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यस अघि विक्री भइरहेको आरसी २०० को मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ रहेको थियो ।

नयाँ भर्सनको मूल्य १५ हजार रुपैयाँले वृद्धि भएको छ । २०२२ भर्सन आरसी २०० को ग्राफिकमा ब्यापक परिर्वतन देख्न सकिन्छ । नयाँ भर्सनमा कम्पनीले एडजस्टेवल ह्यान्डलबार, नयाँ एलसीडी क्लष्टर, नयाँ डिजाइन एलइडी हेडल्याम्प तथा वीन सिल्ड दिइएको छ ।

केटीएमले यसको इन्जिनमा भने कुनै परिर्वत गरेको छैन ।


Back_to_top