सन् २०२३ : ठूला कार निर्माताले ‘थ्रेट’ महशुस गरेको वर्ष

काठमाडौं । विश्व अटोमोवाइलमा सन् २०२३ ईभी बिक्रीको लागि यादगार वर्ष बन्न पुग्यो । विश्वभर लगभग २ करोड यूनिट न्यू इनर्जी भेहिकल बिक्री भएसँगै ठूला सवारी उत्पादकले ‘थ्रेट’ महशुस गरे ।

परम्परागत पेट्रोलियम पदार्थबाट चल्ने कारमा लाग्ने टेक्नोलोजी इनोभेसनभन्दा विद्युतीय साधनमा खर्बौ डलर लगानी गर्ने घोषणा कम्पनीहरुले गरे । ठूलो लगानी घोषणा गर्नेहरुमा नयाँ खुलेका स्टार्टअप कम्पनीहरु पनि अग्रस्थानमै देखिए ।

चीनमा भएका सयौं स्टार्टअप कम्पनीमा पुराना भनिएका उत्पादकहरु लगानी गर्न तँछाड मछाड गरिरहेका छन् । यसले के देखाउँछ भने सन् २०१० देखि २०२१ सम्म पनि विद्युतीय साधनमा खासै विश्वास गर्न नसकेका ठूला निर्माताले आफु पछाडि परेको महसुस गरेँ । त्यसले उनिहरुलाई नयाँ घोषणा गर्न दवाव पर्‍यो ।

सन् २०२३ मा जापानी अटोमोवाइल उद्योगमा सबैभन्दा ठूलो भूइचालो आयो । विश्व बजारमा गुणस्तरिय, टिकाउ र सुरक्षीत कार उत्पादन र बिक्री गर्दै आएका जापानी ब्राण्डहरुले आफुहरु विद्युतीय कारमा पछाडि परेको महशुस गरेँ ।

जापानी ब्राण्ड टोयोटा, सुजुकी, सुबारु, माज्दा, होन्डा जस्ता कम्पनीले नयाँ लगानी, योजना र भविष्यको लागि आवश्वक पर्ने रणनीति तयार गरेर कार्यान्वयनमा उत्रने घोषणा गरे । यसले विश्व अटोमोवाइलको भविष्य विद्युतीय नै भएको कुरालाई थप बलियो बनायो ।

ब्याट्रीमा नयाँ खोज

चिनियाँ ब्राण्डहरुले विद्युतीय कार उत्पादन, बिक्री र नयाँ प्लान्टको बिस्तारमा दिएको तिब्रताले जापानी, यूरोपियन र अमेरिकी कार उत्पादक माथि ठूलो दावाव सृजना गर्‍यो । त्यसैले उनिहरु अहिलेको लिथियम आयोन ब्याट्रीको विकल्प खोज्न थाले । टोयोटाको दावी मान्ने हो भने उसले नयाँ टेक्नोलोजीको ब्याट्रीमा सफलता प्राप्त गर्‍यो ।

टोयोटाले सोडियम आयोन ब्याट्री उत्पादनमा सफलता पाएको र सन् २०२६ बाट आउने नयाँ हाइब्रिड र प्योर ब्याट्री इलेक्ट्रीक भेहिकलमा यी ब्याट्रीको प्रयोग हुने जानकारी दियो । सँगै विभिन्न उत्पादकहरुले सोलिड स्टेट ब्याट्रीमा पनि सफलता पाएको समाचार बाहिर छन् । यी ब्याट्रीको प्रयोगपछि विश्वभर ईभीको बर्चश्व थप बलियो हुने बताइन्छ ।

अहिलेकै ब्याट्री टेक्नोलोजीलाई थप बलियो बनाउन पनि विभिन्न ब्याट्री उत्पादकले नयाँ नयाँ प्रयोग सन् २०२३ भर जारी राखे । त्यो दौडमा सीएटीएल, बीवाइडी, सामसङ, एजी केम जस्ता ठूला ब्राण्ड नै अगाडि देखिए ।

बीवाइडी र टेस्लाको दबदवा बढ्दै

विश्वभर १०० औंको संख्यामा ईभी उत्पादकले आफुलाई बलियो बनाउँदै लगेको भनेपनि चिनियाँ ब्राण्ड बीवाइडी र अमेरिकी ब्राण्ड टेस्लाको दबदबा कायम भएको छ ।

बीवाइडीको सफलता चीन, थाइल्याण्ड, नेपाल र यूरोपका केही देशमा निकै आक्रमक छ । तर, टेस्लाको लोकप्रियता विश्वभर उस्तै देखिन्छ । विश्वका ठूला कार बजार चीन, अमेरिका, जर्मनी लगायत यूरोपभर टेस्ला अब्बल मानिन्छ ।

यी दुई कम्पनीले विश्वभर ईभीको चर्चा, माग र बजार मूल्यमा ठूलो उथलपुथल ल्याए । त्यसको असरको रुपमा ठूला निर्माता टोयोटादेखि फोर्डसम्मले ईभीमा ठूलो लगानी घोषणा गर्नु पर्ने अवस्था सृजना भयो ।


Back_to_top